हुलाकी राजमार्गकेन्द्रित जनजागरण अभियान सञ्चालन गर्ने माअेवादीको तयारी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले नेताहरूको कार्यविभाजन गरेको छ । पार्टी अध्यक्ष प्रचण्डको निवास खुलमटारमा सोमबार (२१ माघ) बसेको पदाधिकारी बैठकले सात भौगोलिक र विशेष प्रदेश तथा प्रवास समितिमा इन्चार्जको जिम्मेवारी तोकेको हो । बैठकले कोशी प्रदेशमा उपमहासचिव हरिबोल गजुरेल, मधेसमा उपमहासचिव मातृकाप्रसाद यादव, बागमतीमा सचिव हितमान…