नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले भ्रष्टाचार नियन्त्रणका लागि सबै गम्भीर बन्नुपर्ने बताएका छन् । मोरङको बूढीगङ्गा गाउँपालिकाले सञ्चालनमा ल्याएको पालिकास्तरीय अस्पतालको आइतबार (४ फागुन) उद्घाटन गर्दै उनले भ्रष्टाचारसँग सम्बन्धित विभिन्न अन्तरराष्ट्रिय तथ्याङ्कले देशलाई अफ्ठ्यारो स्थितिमा पारेकामा चिन्ता व्यक्त गरे । यी तथ्याङ्क सार्वजनिक गर्ने निकायले औँल्याएका समस्या र सुधारका आवश्यकतालाई सम्बोन गरिनु बताए ।…