कोरोनाभाइरस (कोभिड-१९)को संक्रमण तीव्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले एक विज्ञप्ति जारी गर्दै स्थानीय अधिकारीहरु र प्रतियोगिता आयोजकले आइपिएलको चालू सत्र तत्कालै अनिश्चितकालका लागि रोक्न आग्रह गरेपछि यस्तो निर्णय लिइएको जनाएको छ । बिसिसिआईको विज्ञप्तिमा भनिएको छ, 'खेलाडी, सहयोगी कर्मचारी र…