खाडीचौरमा पाँचौ जिल्लास्तरीय तेक्वान्दो प्रतियोगिता हुँदै

सिन्धुपाल्चोकको व्यापारिक बजार खाडीचौरमा पाँचौं जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता हुन लागेको छ । बलेफी गाउँपालिकाको आयोजनामा यही साउन ३ र ४ गते सो प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा जुगल बोर्डिङ चौतारा र तातोपानी तेक्वान्दो डोजाङसहित बाह्रविसे, मानेश्वारा, किस्टोन, कर्थली डोजाङका खेलाडीहरु सहभागी हुनेछन् । त्यससँगै ग्रीनल्याण्ड, खाडीचौर, जलवीरे, कुविण्डे एवम् पिपलडाँडा तेक्वान्दो डोजाङका खेलाडी…