विश्वकप क्रिकेट २०१९ को फाइनल खेल आज (असार २९ गते) आयोजक राष्ट्र इंग्ल्यान्ड र न्यूजील्यान्डबीच हुँदैछ । क्रिकेटको मक्का मानिने ऐतिहासिक लर्डस् मैदानमा फाइनल भिडन्त हुँदैछ । यो भिडन्तमा जसले जिते पनि क्रिकेटले नयाँ विश्व च्याम्पियन पाउने छ । इंग्ल्यान्ड २७ वर्षपछि फाइनलमा पुगेको हो । यो भन्दाअघि तीनपटक फाइनलमा पुगे पनि इंग्ल्यान्डले विश्वकपको उपाधि…