छैटौं पटक अर्जेन्टाइन खेलाडी लियोनल मेस्सीले पिचिची अवार्ड हात पारेका छन् । स्पेनिश क्लब बार्सिलोनाका कप्तान मेस्सीले स्पेनिश ला लिगामा यस सिजन सर्वा्धिक गोलकर्ता बन्दै पिचिची अवार्ड जितेका हुन् । उनले आइतबार राति भएको सिजनको अन्तिम खेलमा आइबरविरुद्ध दुई गोल गरेका थिए । योसंगै मेस्सीले यस सिजन सबैखाले प्रतियोगितामा ५० औं गोलसमेत पूरा गरे ।…