नेपाल आर्मी आठौँ राष्ट्रिय खेलकुद एथलेटिक्स प्रतियोगिताको च्याम्पियन बनेको छ । दाङको तुलसीपुरस्थित बेलझुन्डी रंगशालामा सञ्चालित प्रतियोगितामा सशक्त र शानदार प्रदर्शन गरेको नेपाली सेनाले सर्वाधिक २१ स्वर्ण, १२ रजत र ८ कांस्य पदक हात पार्दै टिम च्याम्पियन बनेको हो । त्यस्तै ८ स्वर्ण, ६ रजत र ९ कांस्य हात पारेको सशस्त्र प्रहरीको एपीएफले टिम उपविजेतामा…