आईएफबीबी लिग नेपालअन्तर्गत पहिलोपटक नेपालमा ‘प्रो क्वालिफायर’को आयोजना हुँदै छ । नेपालमा आयोजना हुने यो प्रतियोगितालाई ‘आईएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिप–२०१९ (प्रो क्वालिफाइर) नाम दिइएको छ । प्रतियोगिता आगामी फागुन ३ देखि ४ गतेसम्म काठमाडौंको एकेडेमी हलमा आयोजना हुने नेपाल च्याप्टरका संयोजक सानु गुरुङले माघ २ गते आयोजित प्रेस सम्मेलनमा जानकारी गराएका छन् ।…