विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले शहीद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मस्र्याङ्दी क्लबलाई बधाई दिएका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्मछिरिङ शेर्पालाई पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले कीर्तिमानी आठौँ पटक लिग जितेको मनाङलाई शुभकामना सन्देश दिएको एन्फाले जनाएको छ । फिफा अध्यक्ष इन्फान्टिनोले लिग विजेता टोलीका खेलाडी, प्रशिक्षक, प्राविधिक,…