प्रधानमन्त्री त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि नेपाललाई

अखिल नेपाल फुटबल सङ्घको आयोजनामा भएको प्रधानमन्त्री त्रिदेशीय फुटबल कप प्रतियोगिताको उपाधि नेपालले जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा नेपालले लाओसलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । यस उपाधिसहित नेपालले पाँच हजार अमेरिकी डलर प्राप्त गरेको छ । त्यस्तै उपाविजेता बनेको लाओसले तीन हजार अमेरिकी डलर प्राप्त गरयो ।…