एसियन कप छनोटमा नेपाल समूह ‘बी’ मा

उज्वेकिस्तानमा आयोजना हुने एएफसी यू-२० महिला एसियन कप छनोट-२०२४ फुटबल प्रतियोगिताअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा परेको छ । एसियाली फुटबल महासङ्घ (एएफसी)ले आज सार्वजनिक गरेको समूह विभाजनअनुसार नेपाल समूह ‘बी’ मा परेको हो । नेपालको समूहमा चीन, म्यानमार र चाइनिज ताइपे रहेका छन् । समूह ’ए’ मा अष्ट्रेलिया, भियतनाम, इरान र लेबनान…