नेपाल पुलिस क्लबलाई दोस्रो वीरगञ्ज गोल्डकपको उपाधि

दोस्रो वीरगञ्ज गोल्डकप प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । वीरगञ्जको आदर्शनगर रङ्गशालामा शनिबार (२४ फागुन) भएको फाइनल खेलमा विजेता नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई ‘ट्राइब्रेकर’मा ३–० गोल अन्तरले हराउँदै दोस्रो पटक पनि उपाधिमाथि कब्जा जमाएको हो । खेलको निर्धारित समयमा दुवै टोलीका तर्फबाट १–१ गोलको बराबरीमा खेल टुङ्गिएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो…