साफ वुमन्स च्याम्पियनसिप : नेपाल उपविजेतामा सीमित, बंगलादेश बन्यो च्याम्पियन

नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप-२०२४ को उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज (१४ कात्तिक) भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २-१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो पटक साफ च्याम्पियनसिपको उपाधि जितेको छ । घरेलु मैदानमा भएको अघिल्लो संस्करणको खेलमा बङ्गलादेशले नेपाललाई ३-१ गोलअन्तरले हराउँदै उपाधि जितेको थियो ।…