नेपालका पार्कर खेलाडी दिनेश सुनारलाई यस वर्षको 'अन्तर्राष्ट्रिय मदर टेरेसा पुरस्कार' प्रदान गरिएको छ । अठार पटक गिनिज विश्व रेकर्डमा नाम लेखाउन सफल सुनारले खेल क्षेत्रसँगै समाजमा पुऱ्याएको उत्कृष्ट योगदानको कदर गर्दै उनलाई नयाँ दिल्लीमा आयोजित विशेष समारोहमा सो पुरस्कार प्रदान गरिएको हो । दिनेश सुनारले आफ्नो प्लेटफर्म र पार्कौर कौशललाई विश्व रेकर्ड कायम राख्न…