जिम्बाबेले तोड्यो टी-२० क्रिकेटमा नेपालले बनाएको रेकर्ड

टी-२० क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको उच्च रनको रेकर्ड जिम्बाबेले तोडेको छ । नेपालले २०२३ को सेप्टेम्बर २७ मा मंगोलियाविरुद्ध ३१४ रन बनाउदै टी-२० क्रिकेटमा सर्वाधिक रनको कीर्तिमान बनाएको थियो । तर, बुधबार (२३ अक्टोबर) टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका क्षेत्रको खेलमा जिम्बाबेले गाम्बियाविरुद्ध ३४४ रन बनाउँदै यसअघि नेपालले मंगोलियाविरुद्ध बनाएको ३१४ रनको रेकर्ड तोडेको हो…