एथलेटिक्सका चन्द्र गुरुङले यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका छन् । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको २०औँ संस्करणको एनएसएसजेएफ पल्सर स्पोर्टस् अवार्डअन्तर्गत गुरुङले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारेका हुन् । अवार्डको शीर्ष तीन मनोनयनमा परेका बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पार्दै गुरुङले अवार्ड प्राप्त गरेका हुन् । उनले १६औँ एशियाली…