खेलाडीसम्बन्धी अनियमितता गरेका विद्यालयलाई ३० हजार दण्डजरिवाना कोहलपुर नगरपालिकाले सातौं नगरस्तरीय मेयर कप तथा १६औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनौट प्रतियोगितामा केही विद्यालयले फर्जी खेलाडी समावेश गरेको पाइएको बताएको छ । नगरपालिकाको सामाजिक विकास समितिका संयोजक ईश्वरीप्रसाद विश्वकर्माले छानबिन समितिको प्रतिवेदन सावर्जनिक गर्दै ६ विद्यालयले फर्जी खेलाडी समावेश गरेको निष्कर्ष निकालेको खुलासा गरेका हुन् ।…