आर्थिक स्थिति कमजोर भएका खेलाडीलाइ सुमनको सहयोग

आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई वितरण गर्ने गरी कराते खेलाडी सुमन तिमल्सिनाले दुई खेल संस्थालाई खेल पोशाक सहयोग स्वरुप उपलब्ध गराएका छन् । करिब ६० हजार मुल्य बराबरको कराते र तेक्वान्दो पोशाक सुमनले संस्थालाई वितरण गरेका हुन् । नेपाल गोजुरियो कराते डो संघलाई २४ थान गी (कराते पोशाक) तथा कोटेश्वर तेक्वान्दो डोजाङलाई १६ थान डोबोक…