नयाँ कीर्तिमानसहित नासिर विश्व च्याम्पियनसीपमा छनौट

नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित आबुधावीमा आयोजना हुने १५औँ फिना विश्व च्याम्पियनसीप २०२१ का लागि छनोट भएका छन् । नेपाल पौडी सङ्घले सातदोबाटोस्थित २५ मिटरको पौडी पोखरीमा आयोजना गरेको छनोट प्रतियोगितामा नासिर २०० मिटर फ्रिस्टायलमा १ मिनट, ५७.८५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्दै ५९९ फिना अङ्कका साथ विश्व च्याम्पियनसीपका लागि छनोट भएका हुन्…