सातौँ संस्करण कोशी प्रदेश अन्तरविद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिता २०८२ को उपाधि आयोजक नेपाल पुलिस स्कुल धरान (रातो)ले जितेको छ । धरान उपमहानगरपालिका–१३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा शनिबार (१९ पुस) सम्पन्न फाइनल खेलमा नेपाल पुलिस स्कुलले प्रभात सेकेन्डरी बोर्डिङ स्कुल धरानलाई १–० गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । पुलिस स्कुलका…