कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो

कञ्चनपुरमा बाढीले झोलुङ्गे पुल बगायो


photo: rss

कञ्चनपुरमा अविरल वर्षापछि आएको बाढीले झोलुङ्गे पुल बगाएको छ । बाढीले शुक्लाफाँटा नगरपालिका-१२ स्थित बनहरा नदीको झोलुङ्गे पुल बगाएको हो । सो पुलले तिलकी र देखतभूलीलाई जोडेको थियो ।

तीन वर्षअघि उक्त नदीमा झोलुङ्गे पुल निर्माण गरिएको हो । बाढीले पुल बगाएपछि स्थानीयलाई आवत जावत गर्न गाह्रो भएको छ । नदीको दुवैतर्फको आवागमन अहिले ठप्प रहेको छ । स्थानीय लक्ष्मण चौधरीका अनुसार बाढीले सो क्षेत्रमा निरन्तर कटान गरिरहेको छ ।

बाढीले नदी किनारका बस्तीमा क्षति पुऱ्याएको छ । शुक्लाफाँटा-१२ मा बाढीले गाईबस्तुसमेत बगाएको छ । नदी किनारका बस्ती डुबानमा परेका छन् । बाढीका कारण कृष्णपुर, लालझाडी, बेलौरीलगायत क्षेत्रका बस्ती डुबानमा परेका छन् ।