प्रतिनिधिसभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको छलफल मंगलबार पनि टुंगोविनै सकिएको छ । मंगलबार बेलुकी कुनै निष्कर्षविना सकिएको बैठक बुधबार टुङ्ग्याइने दाबी गरिएको छ ।
मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधिसभाको १६५ मध्ये एक सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेका छन् भने बुधबार बिहानैबाट पुनः छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको गठबन्धनका एक नेताले बताए ।
प्रतिक्रिया