टिकट नपाएपछि राजपा परित्याग गरि श्रीवास्तव फोरममा

टिकट नपाएपछि राजपा परित्याग गरि श्रीवास्तव फोरममा


वीरगञ्ज महानगरपालिकामा मेयर उम्मेदवारको टिकट नदिएको भन्दै राष्ट्रिय जनता पार्टी पदाधिकारी समेत रहेका बिमल श्रीवास्तवले पार्टी परित्याग गरेका छन् ।

उनी तत्कालिन तमलोपामा पार्टी प्रवक्ता थिए भने, पंचायती छवी छाड्दै उनी तमलोपा प्रवेश गरेका थिए ।  ‘आफ्नो राजनीतिक कैरियर नै समाप्त गर्ने दाउमा राजपा नेतृत्व लागेपछि आफू सो पार्टी छाडेको’ उनले बताए ।

थप कुरा उनले बोल्न चाहेनन् । यद्यपी समाचार श्रोतका अनुसार नेपाल लोकतान्त्रिक फोरममा प्रवेश गरि उनी वीरगञ्ज मेयरका लागि उम्मेदबारी दिने बताइएको छ ।

राजपा परित्याग गरेर फोरम लोकतान्त्रिकमा प्रवेश गरेका विमल श्रीवास्तवले वीरगञ्ज महानगरपालिकाको मेयरको टिकट पाएका छन् ।

यसैबीच, फोरम लोकतान्त्रिकले मंगलबार श्रीवास्तवलाई वीरगञ्ज महानगरपालिकाको मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो । उनी यसअघि पनि वीरगञ्जको मेयर बनेका थिए ।

वीरगञ्ज महानगरपालिकामा नेपाली कांग्रेसले अजयकुमार द्विवेदीलाई मेयर र शान्ति कार्कीलाई उपमेयर बनाउने निर्णय गरेको छ ।

यसैगरी एमालेले बसरुद्धिन अन्सारी, माओवादीले रहबर अन्सारी र संघीय समाजवादी फोरमले विजय सरावगीलाई मेयरको उम्मेदवारको रुपमा अघि सारेका छन् ।

यो पनि पढ्नुस् :

राजपाले पनि टुङ्गो लगायो सबै उम्मेदवार (नामावली सहित)

राजपा अध्यक्ष मण्डलसंग रुष्ट भई सांसद रायले दिए राजीनामा