स्वास्थ्यचौकी भवन बनाउन सात कठ्ठा जग्गा दान

सप्तरीको एक विकट गाउँमा नयाँ स्वास्थ्यचौकी भवन बनाउन बोदेबर्साइन नगरपालिका–९ देउरीकी गगीयादेवी साहले सात कठ्ठा जग्गा दान दिनुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सुविधासम्पन्न स्वास्थ्यचौकी बनाउने लक्ष्यअनुरुप नयाँ बन्न थालेको भवनका लागि उहाँले निःशुल्क दान गर्नुभएको हो । देउरी स्वास्थ्यचौकीको नाममा जग्गा उपलब्ध भएपश्चात सुविधासम्पन्न भवन निर्माण गर्न आइतबार शिलान्याससमेत भएको…