प्यूठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मीनराज रानाको सवारी दुर्घटनामा मृत्यु भएको छ । उपप्रमुख रानाले शनिबार (१३ असार) नगरपालिकाको लु.प्र.०१–००१ झ ०००८ नम्बरको नगरपालिकाको बोलेरो पिकअप गाडी आफैं चलाएर स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको अवस्थामा दुर्घटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायब उपरीक्षक (डिएसपी) नरहरि अधिकारीले जानकारी दिए । स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसाल सडक खण्डमा…