तराईमा शीतलहरले जनजीवन प्रभावित

मौसममा आएको परिवर्तन र चिसो हावाका कारण तराई, मधेसको जनजीवन कष्टकर बन्दै गएको छ । शीतलहरका कारण बिहानको समयमा लहानलगायत मधेसका बजारमा चहलपहल कम हुन थालेको छ । खासगरी गरिब विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न कठिन भएको छ । दलित, गरिब, विपन्न वर्गका समुदाय जाडोबाट बच्न परालको ओछ्यान र गोबर गुइँठाबाट सल्काएको आगोबाट…