तल्लो मोदीले पुसभित्रै विद्युत् उत्पादन गर्ने

पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ–दुई महिनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम सम्पन्न गर्न झन्डै ६ महिना ढिलाइ भएको हो…