अमेरिकामा नग्न बन्दूकधारीको आक्रमणमा चारको मृत्यु

अमेरिकाको दक्षिणी राज्य टेनिसीको वाफल हाउसमा आइतबार एकजना नग्नरूपमा आएको बन्दूकधारीले रेष्टुरेन्ट बाहिर पार्किङस्थलमा उभिइरहेका केही व्यक्तिमाथि आक्रमण गर्दा चार जनाको मृत्यु भएको छ । घटनामा कम्तिमा तीन जना घाइते भएका छन् । अमेरिकी सञ्चारमाध्यम एबीसीले जनाएअनुसार आक्रमणकारीको गोली लागि दुई जनाको घटनास्थलमा, एक जना प्रहरीको नासभिल प्रहरी विभागको कार्यालयमा र एक जनाको उपचारका क्रममा…