अनुराधाले प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने

प्रदेश नं ३ का प्रमुख अनुराधा कोइरालाले प्रदेश नं ३ प्रदेशसभाको विशेष बैठकलाई आज सम्बोधन गर्ने भएकी छिन् । प्रदेशसभाको अपराह्न १ बजे बस्ने विशेष बैठकमा सांसदहरुलाई उपस्थित हुन संसद् सचिवालयले आह्वान गरिसकेको प्रदेशसभा सचिवालयका प्रमुख भरतकुमार बुढाथोकीले बताए । नेपालको संविधान बमोजिम संघीय प्रदेशको निर्वाचनपछि प्रदेश प्रमुखले प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको…