गुण्डागर्दी गर्ने चार पक्राउ

महानगरीय प्रहरी परिसर काठमाडौंले गोंगबु क्षेत्रमा गुण्डागर्दी गर्ने चारजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले केही दिनदेखि गोंगबु, नयाँ बसपार्क, बालाजु क्षेत्रमा डर–त्रास देखाएर रकम असुल्दै आएका नुवाकोटका सुरे डंगोल, राजकुमार ढुंगाना, रोल्पाका रामकुमार घर्ती र गोरखाका भीमबहादुर थापालाई बुधबार राति पक्राउ गरी आज सार्वजनिक गरेको हो । परिसरका प्रवक्ता मोहनकुमार थापाले होटेल, रेस्टुराँ र…