खरायो पालेर स्वदेशमै मालामाल, मासिक २० हजार कमाई

उच्च कुलघरानका मानिसले सोखका लागि पाल्दै आएको खरायो आयआर्जनको गतिलो माध्यम बन्न सक्छ भन्दा पत्यार नलाग्न सक्छ । तर झापाको अर्जुनधारा–२ झेलेनीका कवीन्द्र भण्डारीले खरायोलाई आयआर्जनको दरिलो माध्यम बनाएका छन् । भण्डारीले अहिले व्यावसायिक खरायोपालन गरेर आम्दानी गरिरहेका छन् । दश वर्षसम्म वैदेशिक रोजगारीमा दुबईमा रहँदा खासै कमाई गर्न नसकेपछि स्वदेश फर्किएका भण्डारीले खरायोपालनका लागि…