यस्ता रहेछन् प्रधानन्यायाधीशका प्रमाणपत्रहरू

प्रधानन्यायाधीश गोपाल पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रबारे सार्वजनिक चासो बढेका बेला घटना र विचारले उहाँका प्रमाणपत्रहरूको प्रतिलिपि फेलापारेको छ । अनशनकारी चिकित्सक डा. गोविन्द केसीले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रबारे प्रश्न उठाएपछि आमजनताले पराजुलीका प्रमाणपत्रहरूप्रति जिज्ञासा राखेका छन् । प्राप्त प्रमाणपत्रका आधारमा उहाँको जन्ममिति वि.सं. २०१० वैशाख १६ गते भएको देखिएको छ…