टानद्वारा राईको परिवारलाई १० लाखकोे बीमा

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण परिपथमा पर्यटक लैजाने क्रममा बिरामी भई ज्यान गुमाएका पथप्रदर्शन सहयोगी अशोक राईको परिवारलाई बीमा रकमस्वरुप शुक्रबार १० लाखको चेक हस्तान्तरण गरेको छ । गत वर्ष पुस २८ गते चार विदेशी र चार सहयोगीसहित पदयात्रामा निस्केको टोलीमा रहेका राईको माघ ८ गते मनाङको याक खर्कमा बिरामी भएपछि…