हेटौँडामा राष्ट्रिय कुस्ती शुरु

राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत हेटौँडामा राष्ट्रिय कुस्ती शुरु भएको छ । प्रतियोगितामा महिला र पुरुष गरी ७८ जना सहभागी भएको जिल्ला खेलकुद विकास समिति मकवानपुरले जनाएको छ । प्रतियोगितामा पुरुषतर्फ ५६ तथा महिलातर्फ २२ जना रहेको नेपाल कुस्ती संघका महासचिव विद्यासागर पोखरेलले बताए । राससका अनुसार प्रतियोगितामा पुरुषतर्फ ५७ केजीदेखि १२५ केजीसम्मको उमेर समूह तथा महिलातर्फ…