बयानका क्रममा केसी झनै अराजक, एमाले पक्ष मौन रहन खोजेको आभास

न्यायालयको मानहानि गरेको आरोपमा पक्राउ परेका अनशनकारी डा. गोविन्द केसीले अदालतमा बयानका क्रममा समेत आपत्तिजनक अभिव्यक्ति दिएका छन् । गत सोमबार एक पत्रकार सम्मेलन गरी डा. केसीले ‘हाम्रो न्यायालय न्याय दिने होइन, न्यायको किनबेच गर्ने, भ्रष्ट र अपराधीहरूसित मिलेमतो गरेर तिनीहरूको संरक्षण गर्ने तथा इमानदारहरूलाई दण्डित गर्ने गिरोहको नियन्त्रणमा छ’ भनी आफ्नो विज्ञप्तिमा उल्लेख गरेका…