देउसीभैलोको रकम द्वन्द्वपीडित बालबालिकालाई

साना बालबालिकाले तिहारमा देउसीभैलो खेलेर जम्मा भएको रकम द्वन्द्वपीडित बालबालिकालाई दान गरेका छन् । बेँसीशहर–२ भकुण्डेका बालबालिकाले १४ हजार ७३० जम्मा गरेको र सो रकम आदर्श महिला तथा बालविकास केन्द्रमा रहेका द्वन्द्वपीडित बालबालिकालाई प्रदान गरेका हुन् । परम्परागत देउसीभैलो खेलेर जम्मा भएको रकमलाई वनभोज वा अन्य फजुल खर्च गर्नुभन्दा सामाजिक सेवामा खर्च गर्नु उत्तम भएको…