दकमको फोहरमैला प्रशोधन केन्द्र सञ्चालनमा आएन

जिल्लाको दमक नगरपालिकामा एक वर्षअघि निर्माण सम्पन्न भएको पूर्वाञ्चलकै पहिलो फोहरमैला प्रशोधन केन्द्र अझै सञ्चालनमा आउन सकेको छैन । दमकको बजारी क्षेत्रबाट निस्कने दैनिक फोहरमैलाको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले नगरपालिकाले निर्माण गरेको प्रशोधन केन्द्र सञ्चालनमा चासो नदिँदा केन्द्र हालसम्म उपयोगमा आउन सकेको छैन । फोहर प्रशोधन केन्द्र सञ्चालनमा आउन नसक्दा रतुवा खोलामै जथाभावी फोहरमैला फ्याँक्दै…