नियुक्ति रोक्न भ्रम छर्ने कोसिस

गत १६ गते बुधबार प्रकाशित घटना र विचार साप्ताहिकको सातौँ पृष्ठमा 'अख्तियारी नपाउँदै कारबाहीको घोषणा' शीर्षकको समाचार पढेर म आफैं छक्क परेँ । समाचारमा उल्लेख भएबमोजिम अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख पदका लागि गत असोज २५ गते संवैधानिक परिषद्को सचिवालय हिंदरबारमा मैले आवेदन गरेको कुरा त सही हो, तर त्यसमा थप उल्लेख गरिएको कुरा मप्रतिको…