प्रधानन्यायाधीश गोपाल पराजुलीले विकृति/विसंगति अन्त्य गरी शान्तिपूर्ण समाजको निर्माण गर्न न्यायमा पहुँच बढाउनुपर्ने बताउनुभएको छ । राष्ट्रिय न्यायिक प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘पुनःस्थापकीय न्यायस्रोत केन्द्र’ को उद्घाटन गर्दै उहाँले पीडित र पीडकलाई उचित दण्ड र न्यायको अनुभूति हुने गरी न्यायमा पहुँच पुऱ्याउनुपर्ने बताउनुभयो । प्रधानन्यायाधीश पराजुलीले भन्नुभयो, 'क्षतिपूर्ति दिन सक्ने आर्थिक अवस्था पीडकको छ…