चिर्पट प्रहार गरी साथीको हत्या

साथीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई आज पक्राउ गरेको छ । सिन्धुलीको सिन्धुलीगढी घर बताउने ‘मोटे’ भन्ने सानु मगर नाम गरेका एक व्यक्ति आज बिहान कागेश्वरी मनोहरा नपा, मूलपानी क्रिकेट ग्राउण्ड नजिकैको सडक छेउमा रगताम्मे अवस्थामा मृत फेला परेका थिए । सो घटनामा संलग्न भएको आरोपमा महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले खोटाङ, चिसापानी घर भई…