न्यायालय र न्यायमूर्तिहरूमाथिको सुनियोजित तथा निरन्तरको प्रहारले समग्र न्यायपालिकाकै मानमर्दन हुन पुगेको भन्दै सामाजिक न्याय र स्वतन्त्रताका लागि संयुक्त राष्ट्रिय अभियान नामक संस्थाले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा भनिएको छ– ‘कानुनभन्दा माथि कोही व्यक्ति हुन सक्दैन, कसैको लहड र उक्साहटमा निहित स्वार्थबाट अभिप्रेरित भई मनपरी बोल्ने र लेख्ने छुट कसैलाई छैन…