खोटाङको धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा भीषण आगलागी भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट शुरु भएको आगोले अहिले भीषण रुप लिएको बुझिएको छ । आगलागीबाट उचितबहादुर राई, प्रकाचन्द्र गिरी, तम्बराज राईलगायतको घर नष्ट भइसकेको घटनास्थल खटिएको प्रहरीले जनाएको छ । भान्छामा प्रयोग गरिने ग्याँस पड्किएपछि सल्किएको आगो नियन्त्रण बाहिर गएको…