ट्रक दुर्घटनामा सहचालकको ज्यान गयो

मध्य नेपाल नगरपालिकामा ट्रक दुर्घटना हुदा सहचालकको ज्यान गएको छ । भोर्लेटारबाट बालुवा लिएर हेटौडातर्फ गएको ट्रक मध्यनेपाल–६ पिस्ती खोला नजिकै दुर्घटना भएको हो । मध्यनेपालका मेयर रमेश पाण्डेका व्यासमार्ग खण्डको पिस्ती खोला पुलनजिकैको तल्लो घुम्तीमा ट्रक पल्टिएको हो । दुर्घटनामा सहचालक सागर लामाको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।