एनआरएनए यूकेको जिम्मेवारी फगामीको काँधमा

प्रकाश केसी लन्डन । गैरआवासीय नेपाली संघ बेलायतको सन् २०१७-१९ को कार्यकारी समितिको निर्वाचनमा अध्यक्ष पदमा पूर्वउपाध्यक्ष योगुकमार फगामी १२९८ मत ल्याएर निर्वाचित भएका छन् । अल्डरसटस्थित एम्पाएर हललार्इ निर्वाचन केन्द्र बनाएर हिजो शनिबार राति गरिएको मतगणनापछि बेलायतमा नेपाली राजनीतिक शैलीको चुनावले विसर्जन पाएको छ । फगामीको प्रतिद्वन्द्वी कृष्ण तिमल्सेनाले ९१२ र हिराधन राईले ५६०…