पूर्व पदाधिकारीहरुको सुविधा बढाउने विषयमा संसदीय समितिमा विषय उठेको प्रति संसदहरुले आक्रोस पोखेका छन् । व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिको विहिबारको बैठकमा सांसदहरुले पूर्व पदाधिकारीहरुलाई सुविधा दिने विषयलाई सरकारले उच्च प्राथमिकता राखेको प्रति आक्रोस पोखे । सांसदहरुले जनता बाढी र डुबानको पीडामा परेका बेला सरकारले पूर्व पदाधिकारीहरुको सुविधा दिने विषयलाई हतारो बनाउन नहुनेमा जोड दिए ।…