प्रहरीद्वारा ४२० बोरा अवैध चिनीसहित ट्रक बरामद

आरपी उपाध्याय, नवलपरासी पश्चिम नवलपरासी बर्दघाट नगरपालिकाको टिसिएन चोकमा प्रहरीले चिनी लोड गरी लैजाँदै गरेको अवस्थामा ट्रक बरामद गरेको छ। पूर्व(पश्चिम राजमार्ग अन्तर्गत बर्दघाटबाट पूर्वतर्फ लैजाँदै गरेको ना.६प २९०३ नम्बरको ट्रकमा चिनी लोड गरी लैजाँदै गर्दा चेकजाँचको क्रममा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बसुप)का डिएसपी भोजराज पाण्डेले जानकारी दिएका छन् । इलाका प्रहरी बर्दघाटका…