भानु जन्मस्थलमा पूर्वाधार निर्माण

तनहुँको भानु नगरपालिका-४ चुँदीरम्घास्थित आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमा पूर्वाधार निर्माण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको रु ३० लाखको लागतमा जन्मस्थल विकास समितिको कार्यालयमा पूर्वाधार निर्माण गरिएको हो । चालु आर्थिक वर्षमा विनियोजन भएको उक्त बजेटबाट कार्यालय परिसरमा, ढुङ्गा छाप्ने, बाटो फराकिलो गर्ने काम भइरहेको समितिका कार्यकारी निर्देशक शङ्कर…