चोरी गरेर अमेरिका पुऱ्याइएको टुँडाल नेपाल फर्काइयो

नेपालबाट चोरी भएर अमेरिका पुऱ्याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका दुई थान टुँडाल नेपाल फर्काइ पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ । पुरातत्व विभागमा आयोजित कार्यक्रममा काठमाडौंस्थित अमेरिकी दूतावासकी डेपुटी चिफ अफ मिसन अविगल अरोनसनले १३५ सेमी लम्बाइ तथा २१ सेमी चौडाइ र ११०.२ किलोग्राम तौलका दुई टुँडाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई…