डोटीमा बस दुर्घटना, पाँचको अवस्था जटिल, एक बेपत्ता

डोटीमा आज बिहान बस दुर्घटना भएको छ । दुर्घटनामा परी घाइते भएका १२ मध्ये पाँच जनाको अवस्था जटिल रहेकाले उपचारका लागि जिल्लाबाहिर पठाउने तयारी भएको दिपायल इलाका प्रहरी कार्यालयका प्रमुख रुपसिंह थापाले जानकारी दिएका छन् । उक्त दुर्घटनमा एक बालक बेपत्ता भएका छन् । अछामको चौरपाटी गाउँपालिका–६ का सुरेन्द्र शाहीका १८ महिने छोरा बेपत्ता भएका…