महामारीपछि युएईबाट मात्रै साढे तेह्र हजार नेपाली फर्किए

कोरोना महामारीका कारण नियमित हवाई उडान बन्द भए पनि तीन महिनाको अवधिमा नेपालको प्रमुख श्रम गन्तव्य संयुक्त अरब इमिरेट्स (युएई) बाट साढे १३ हजार नेपाली स्वदेश फर्केका छन् । जुन महिनादेखि मङ्गलबार (२७ साउन)सम्म विभिन्न ८२ चार्टड उडानमार्फत १३ हजार ७८५ नेपाली स्वदेश फर्किएको आबुधावीस्थित नेपाली दूतावासले जनाएको छ । सोही उडानमार्फत विभिन्न कारणबाट युएईमा…